२०८१ चैत्र ५ गते मङ्गलवार

दाङमा मोटरसाइकल दुर्घटनामा परी रोल्पाका दुई युवकको मृत्यु



दाङ, ९ फागुन ।
दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ । दुर्घटनामा परी रोल्पाको त्रिबेणी गाउँपालिका – ५ का २१ बर्षीय बिजय पुन र सोही ठाउँका २४ वर्षिय नेत्र भण्डारीको मृत्यु भएको हो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका – १६ सर्रा चोकमा आज बिहान ६ बजेतिर दुर्घटनामा परेको हो ।

साइकल यात्रुलाई जोगाउन खोज्दा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

पुनले मोटरसाइकल चलाएको र भण्डारी पछाडि सवार रहेकाे प्रहरीले जनाएको छ । डिएसपी मल्लले मोटरसाइकल साइकलसंग अल्झेको अवस्थामा फेला परेको हुँदा साइकल चालकलाई जोगाउन खोज्दा दुर्घटना भएको अनुमान गरिएको जानकारी दिनुभयो । साइकल चालकको खोजी भइरहेको छ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार