२०८१ साउन ८ गते बुधवार

विद्यार्थीको निधनमा भोली राप्ती बबई क्याम्पसमा शोक बिदा



दाङ, १३ फागुन ।
राप्ती बबई क्याम्पस तुलसीपुरमा अध्ययनरत विद्यार्थीको निधनमा क्याम्पसले भोली सोमवारशोक बिदा दिएको छ । स्नातक तह शिक्षाशास्त्र सङ्काय दोस्रो वर्षमा अध्ययनरत मनिषा गौतम खरालको निधन भएपछि बिदा दिएको होे ।

क्याम्पसले आज एक शोक विज्ञप्ती जारी गरेर गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ । दुखद घडिमा परिवारमा समबेदना प्रकट गर्दे फागुन १४ गतेका दिन  शोक बिदा दिएको क्याम्पस प्रमुख गणेश पार्धेले जानकारी दिनुभयो ।

सल्यानको कालीमाटी गाँउपालिका-४ घर भई तुलसीपुर-५ नयाँबसपार्कमा रहेको कालीमाटी होटेलका सञ्चालक नारायण खरालको २४ वर्षिय श्रीमति मनिषा गौतम खराल शुक्रबार घरको टपमा सिलिङ फयानमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन ।

प्रारम्भिक अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनि डिप्रेसनको विरामी भएकाले नियमित औषधि सेवन गर्ने गरेको परिवारले बताएको  बुझिएको छ । मनिषाका श्रीमान भने केही समय अघि मात्रै अमेरीकामा पुग्नुभएको थियो । घट्नाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार