२०८१ साउन ५ गते आइतवार

शिखा इंग्लिस स्कुलले मनायो २७ औं वार्षिकोत्सब



दाङ, १५ फागुन ।
तुलसीपुर -६ मा रहेको शिखा इंग्लिस स्कुलले मंगलबार २७ औं वार्षिकोत्सब मनाएको छ । विद्यालयका प्रधानाध्यापक सुमन केसी अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुबोध डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा केन्द्रिय उपाध्यक्ष डाँगीले योग्य र दक्ष जनशक्ति उत्पादनमा निजि विद्यालयले महत्वपूणर् भूमिका खेलेको बताउनुभयो ।

नेशनल प्याव्सन दाङका सचिव शालिकराम कार्की, हाम्रो पहुँच माविका प्रधानाध्यापक डिआर भण्डारी, सगरमाथा बालबाटिका इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक छविकुमार वली लगायतले असल र सक्षम जनशक्ति उत्पादनमा शिक्षकसंगै अभिभावकको पनि महत्वपूणर् भूमिका हुने बताउनुभयो ।

कार्यक्रममा विभिन्न प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको हो । कार्यक्रमको सहजीकरण विद्यालयका भाइस प्रिन्सिपल जीतबहादुर बस्नेत र शिक्षक यमुना रिजालले  गर्नुभएको हो ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार