२०८१ मङ्सिर २३ गते आइतवार

पेटमा भएको अण्डा दुरविन विधिवाट अप्रेसन गरेर अण्डकोषमा ल्याइयो



घोराही,१६ दाङ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना वालकको शल्यकृया गरेर अण्डकोषमा अण्डा ल्याइएको छ । ११ वर्षिय वालक उपचारको शिलशिलामा प्रतिष्ठान आएपछि चिकित्सकहरुको परामर्शमा पेटमा भएको अण्डालाई वच्चाको अण्डकोषमा झारीएको हो ।

पुर्वि रुकुमको सिस्ने गाँउपालिका-७ घर भएका विरामीको रोगको डाइग्नोशिस गर्नेक्रममा अण्डकोषमा अण्डा फेला नपरेपछि दुरविन विधिवाट अप्रेसन गरेर पेटमा भएको अण्डा अण्डकोषमा ल्याइएको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिनुभयाे ।

प्रतिष्ठानका सर्जन डा.अभिषेक पौडेलको नेतृत्वमा रहेको एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल भट्टराईसहीत चिकित्सक, नर्श र स्वास्थ्यकर्मिहरुको टोलिले शल्यक्रिया  गरेको हो ।

‘विरामि वालक ११ वर्षपछि उपचारको क्रममा प्रतिष्ठान आइपुगेका हुन्, हामिले राम्रो तरीकाले रोगको डाइग्नोसिस गर्नेक्रममा वालककाे अण्डकोषमा रहेको अण्डा नै नरहेको भेटियो-अप्रेसनमा संलग्न चिकित्सक सर्जन डा.पौडेलले भन्नुभयाे-‘पेटमा भएको अण्डा दुरविन विधिबाट अप्रेसन गरेर अण्डकोषमा ल्याउन सफल भयौ ।’ विरामीको उपचारपछि अवस्था सामान्य रहेपछि आज नै घर डिष्चार्ज गरीएको सुचना अधिकारी भट्टराइले बताउनुभयाे।

लामो समयपछि विरामि उपचारकोक्रममा अस्पताल आएका कारण त्यो कुरा पत्ता लाग्न गएको भन्दै सर्जन डा.पौडेलले उमेर बढ्दै जाँदा अण्डकोषमा अण्डा नहुँदा भविष्यमा वच्चाको प्रजनन स्वास्थ्यमा समस्या हुने,अण्डा सानो हुँदै जाने र क्रमश सुक्दै जाने, अण्डामा क्यान्सर हुने लगायतका थुप्रै समस्या देखीन सक्ने खतरा भएकाले वालकले समयमै उपचार पाएका कारण त्योवाट मुक्त भएको बताउनुभयाे ।

अधिकांशको जन्मनेक्रममै अण्डकोषमा अण्डा आउने भएपनि, तर कसैको नआएमा अण्डकोषमा अण्डा शल्यकृयावाट ल्याउन सकिने उहाँकाे भनाई छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार