दाङ,२० फागुन ।
आज देशभरका धेरै ठाँउमा ठाउँमा मौसम बदली भएर लुम्बिनी प्रदेशसहित कर्णाली, गण्डकी र बाग्मती प्रदेशको केही ठाउँमा पानी परिरहेको छ । नेपालको पश्चिमी वायु सक्रिय रहेकोले पश्चिम नेपालमा पानी परिरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
पश्चिमी क्षेत्रमा हिजोदेखि नै पानी परेको हो । आज दिउँसो देशभर नै बदली भएर लुम्बिनी प्रदेश सहित,सुदूरपश्चिम, कर्णाली, गण्डकी,बाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
बाँकी भूभागमा पनि छिटपुट पानी पर्ने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो ठाउँमा हिमपातको सम्भावना छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार