२०८१ माघ १० गते बिहिवार

रेलले च्यापेर घाईते भण्डारीलाई झुलेनीको सहायोग,उपचारका लागि नेपालगञ्ज पठाईयो



तुलसीपुर,२३ फागुन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ तमाखेका मेघराज भण्डारीको उपचारका लागि सहयोग रकम उठ्ने क्रम जारी रहेको छ ।
भण्डारीको उपचारका लागि झुलेनी सेवा समाज दाङले उहाँकाे घरमा पुगेर बुधबार सहयोग रकम हस्तान्तरण गरेको छ।
उपचारका लागि भण्डारीको परिवारलाई नगद १५ हजार १८० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको समाजका अध्यक्ष गोविन्दराज भण्डारीले जानकारी दिनुभयो ।

झुलेनी सेवा समाजले सामाजिक सेवाभावका काम गर्दे आएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरणदेखि वातावरणीय सरसफाई लगाएतका काममा समेत सक्रिय संस्था हो ।

पैसाको अभावमा उपचार गर्न नसकेर घरमै रहेका मेघराजलाई झुलेनी सेवा समाज सहित विभिन्न संघ/संस्था तथा व्यक्तिहरुबाट करिब दुई लाख रकम संकलन भएको सहयोग संकलन अभियानका सदस्य तथा पत्रकार एकराज भण्डारीले जानकारी दिनुभयो । पत्रकार भण्डारीका अनुसार घाइते मेघराजलाई उपचारका लागि आज नेपालगन्ज पठाईएको छ ।

चिकित्सकका अनुसार उपचारमा धेरै खर्च लाग्ने भएपछि परिवारले मेघराजलाई आलो घाउसहित घरमै राखेको थियो । सहयोग रकम उठ्न थालेपछि अहिले मेघराजलाई अस्पताल पठाईएको हो ।रोजगारीको शिलशिलामा एक साता अघि भारतको बैङलोर जाने क्रममा भण्डारी लखनउमा सवारी दुर्घटनामा परेर घाईते हुनुभएको थियो ।

आफु चढेको रेलबाट झर्ने क्रममा सोहि रेलले च्याप्दा उहाँको छाति र मेरुदण्डमा गम्भिर चोट लागेको छ । भने एउटा हात समेत गुमाउनुभएको छ। यसैबिच श्रीमानको उपचारमा सक्दो सहयोग गरेर ज्यान बचाइदिन उहाँकी श्रीमति मिना भण्डारीले सबैमा सहयोगको अपिल गर्नुभएको छ ।

सहयोगका लागि मोवाइल ९८४४१८२८१९ नम्बरबाट जानकारी लिन सकिनेछ । त्यस्तै ज्योति विकाश बैंकमा रहेको ०३५०१३००४७३७५८०००००१ खातामा जम्मा गरेर सहयोग गर्न सकिनेछ भने स्क्रिनमा भएको क्युआर मार्फत पनि सहयोग गर्न सकिनेछ ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार