२०८१ मङ्सिर २३ गते आइतवार

दंगिशरण दरबारमा २ करोड ५० लाखको टेन्डर



तुलसीपुर,२५ फागुन।

दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेकाे दंगिशरण थारु राजाकोट सुकौरामा  पर्यटकीय भवन निर्माण हुने भएकाे छ ।

थारू राजाले राज्य संचालन गरेकाे सुकाैराकाेटकाे विकास र विस्तार गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत चालू वर्षमा पर्यटकीय भवन निर्माणका लागि २ करोड ५० लाखको बहुबर्षिय टेन्डर आवह्वान भएकाे तुलसीपुर -११ का अध्यक्ष मान बहादुर रावतले जानकारी दिनुभयाे।

हेर्न जाँउ सुकाैरा,घुम्न जाऔ सुकौरा भन्ने उद्देश्यले  पर्यटन क्षेत्रकाे रूपमा स्थापित गर्न पर्यटकीय भवन निर्माण हुने  भएपछि स्थानीय खुशी भएका छन् ।

वडा अध्यक्षमा निर्वाचित भए लगत्तै अध्यक्ष रावतले सुकाैराकाेटकाे  समग्र रूपमा विकास नभए दाङनै पछाडी पर्ने धारणा राख्नुभएकाे थियाे।

साे क्षेत्रमा नेकपा एमालेका महासचिव शंकर पाेखरेल,संविधानसभा सदस्य बुद्धिराम भण्डारी,लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चाैधरी,तत्कालीन अर्थमन्त्री धन बहादुर मास्की,प्रतिनिधिसभा सदस्य दिपक गिरी सहितका नेतालाई आमन्त्रण गरेर सुकाैराकाेटकाे समग्र विकासमा सहयाेगका लागि आग्रह गरिएकाे थियाे। सबै तह र क्षेत्रकाे सहयाेगबाट सुकाैराकाेटकाे स्तराेन्नती तथा इतिहासकाे जगेर्ना गर्न सफल भएकाे अध्यक्ष रावतले बताउनुभयाे।

थारू राजाले राज्य सञ्चालन गरेर पनि थारू बाहुल्य क्षेत्र दाङमा ओझेलमा  परेको थारु राजाको सुकाैराकाेट दरबारकाे पुनःनिर्माणलाई समग्र थारु समुदाय र दाङ बासिको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा लिईएकाे छ।

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार