२०८१ माघ १० गते बिहिवार

कारागार प्रशासक रेग्मिकाे जन्मदिनमा तुलसीपुर कारागारमा सहयाेग सामाग्री प्रदान



तुलसीपुर, २५ फागुन ।
तुलसीपुर-६ गोलौरा निवासी चिन्तामणी  रेग्मीले जन्मदिनको अवसरमा तुलसीपुर कारागारमा रहेका कैदिवन्दि र आश्रित बालबालिकालाई  लत्ताकपडा,जुता,बैसाखी लगाएत खेलकुदका सामाग्री  वितरण गर्नुभएको छ ।

कारागार कार्यालय तुलसीपुरका कारागार प्रशासक समेत रहनुभएका  रेग्मीले आफ्नो जन्मोत्सवको अवसरमा सहयाेग सामाग्री प्रदान गर्नुभएकाे हाे ।

तुलसीपुर  कारागारमा बन्दी जीवन विताईरहेका तर परिवारसंग सम्पर्क नभएका,आर्थिक अवस्था कमजोर, शारीरिक रुपमा अशक्त एवं आश्रीत बालबालिका सहित २४ जना व्यक्तिहरुलाई  आवश्यक सामाग्री  हस्तान्तरण गर्नुभएको छ ।

जन्मदिनमा फजुल खर्च गर्ने प्रवृति बढ्दै गएको समयमा कारागारमा रहेका कैदिवन्दि र आश्रीत  बालबालिकालाई सहयाेग सामाग्री   वितरण गरेर रेग्मीले जन्मदिन मनाउनुभएकाे हाे ।  जन्मदिनमा खानपिन गरेर फजुल खर्च  गर्नुभन्दा अशक्त बालबालिकालाई सहयोग गर्दा बढी आत्मसन्तुष्टी प्राप्त हुने गरेको उहाँले बताउनुभयो ।

जन्मदिनमा बिगतका वर्षमा पनि  विभिन्न ठाँउमा रहेका बेसहारा बालबालिकालाई सहयोग गर्नुभएको थियो

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार