२०८१ माघ ९ गते बुधवार

शान्तिनगरमा पौडेल वंश महासंघको समिति गठन



तुलसीपुर,३० फागुन ।
पौडेल वंश महासंघको शान्तिनगर गाँउपालिका स्तरिय समिति गठन गरिएको छ । पौडेल वंश महासंघको शान्तिनगरमा आज (बुधबार ) बसेको भेलाले कृष्ण कुमार केसी पौडेलको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रेमा केसी पौडेल,सचिवमा निमप्रसाद पौडेल, कोषाध्यक्षमा देवेन्द« पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा अम्मर बहादुर केसी पौडेल,चित्रमान पौडेल र दिपा पौडेल चयन हुनुभएको छ ।

पौडेल वंश महासंघ दाङका उपाध्यक्ष गिता पौडेलको अध्यक्षतामा भेला भएको हो । दाङका दश पालिका मध्य बाँकी रहेका पालिकामा चैत्र १५ गतेसम्म  समिति गठन गर्ने निर्णय भए अनुसार समित चयन गरिएको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार