२०८१ माघ ४ गते शुक्रवार

फरार टिप्पर चालक प्रहरीको नियन्त्रणमा



फाईल फोटो

दाङ,३ चैत ।
दाङमा साइकलयात्रीलाई ठक्कर दिएर फरार रहेका टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिप्परको ठक्करबाट घाेराही उपमहानगरपालिका-१७ भैसाहीका ४५ वर्षीय कालीप्रसाद चौधरीको मृत्यु भएको हो ।

घोराही-लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१७ सिस्ने खोला नजिकै घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख २१६२ नम्बरकोे टिप्परले ठक्कर दिदा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिप्पर चालक घोराही-१७ बेलभारका २९ वर्षिय सुनिल चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

साइकलमा रहेका चौधरीलाई गएराती सवा ८ बजेतिर रा १ ख २१६२ नम्बरको टिप्परले ठक्कर दिएको थियोे । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको घोराहीस्थीत राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार