२०८१ मङ्सिर २४ गते सोमवार

तुलसीपुर-१८ मा सार्वजनिक सुनुवाई :भाैतिक विकाससंगै मानवीय विकासमा जोड



तुलसीपुर-९ चैत ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ ले शुक्रबार सार्वजनिक सुनुवाई गरेको छ । वडाले चालुवर्षमा गरेका कामको प्रगति समिक्षा र आगामी योजना बनाउन सार्वजनिक सुनुवाई गरेको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले सडक, सिँचाइ लगायतका पूर्वाधारको विकासमै जोड दिएका छन् ।

उनीहरुले समानरुपले विकास गर्नुपर्नेमा जोड दिएका छन् । त्यस अवसरमा स्थानीय खुमानन्द ज्ञवालीले किसानका लागि सिंचाईको सुविधालाई पर्याप्त बनाउनुपर्ने बताउनुभयो । उहाँले खेतीयोग्य जमिन बाँझो राख्न नपाइने नगरको नीति भएपनि किसान मल, सिंचाई लगायतको अभावले जमिन बाँझो राख्नुपर्ने अवस्था रहेको बताउनुभयो । सरकारले मल, बिउको ग्यारेन्टी गर्नुपर्ने उहाँले बताउनुभयो ।

बाल अमृत बोर्डिङ स्कुलका प्रधानाध्यापक युवराज डाँगीले शैक्षिक सुधार गर्नका लागि वडा सरकारले भूमिका खेलेपनि अझै पर्याप्त नभएको बताउनुभयो । उहाँले बालबालिकालाई किताबी शिक्षासंगै नैतिकवान र संस्कारी बनाउन आवश्यक लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

जमुनी टोल विकास संस्थाका अध्यक्ष पूणर्बहादुर डाँगीले युवालाई कुलतबाट बचाउन वडाले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

यसैगरी नेबबहादुर केसीले जेष्ठ नागरिक जमघट हुने भवनमा शौचालयको आवयश्यकता रहेको बताउँदै सडकबत्तिका लागि पनि वडाले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरीले वडा सरकारले भौतिक विकाससंगै मानविय विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

यस्तै वडा अध्यक्ष माधव वलीले वडाको विकासका लागि नागरिकको सहयोग आवश्यक रहेको बताउँदै सार्वजनिक सुनुवाईबाट नागरिकका आवश्यकता पहिचान गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले भौतिक विकास मात्रै विकास नहुने भन्दै मानविय विकास पनि हुनुपर्ने बताउनुभयो । उहाँले नेतृत्वलाई भौतिक विकाससंगै मानविय विकासका एजेन्डा लागु गराउन नागरिकले पनि जोड दिनुपर्ने बताउनुभयो ।
त्यस अवसरमा नेपाली कांग्रसका वडा सचिव बिदुर गौतम, नेकपा एमालेका वडा अध्यक्ष मुकेश वली, नेकपा माओवादीका वडा अध्यक्ष लोकबहादुर बहकरी, शेषमणी कुँवर, डिल्ली बहादुर रावत, विश्वमणी देवकोटा, अमरबहादुर गिरी, दामोदर शर्मा, दुर्गा मल्ल लगायतले सडक, सिंचाईका पूर्वाधारको विकाससंगै मानविय विकासमा लगानी बढाउन सुझाव दिनुभयो । त्यस अवसरमा वडा सचिव राम कुमारी मरासीनीले वडाका योजना र बजेट विवरण प्रस्तुत गर्नुभएको हो ।

शुभकोटी टोल विकास संस्थाका अध्यक्ष मान बहादुर वलीको अध्यक्षता तथा वडा अध्यक्ष माधव वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण पोषण सेन्चुरीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार