२०८१ माघ ६ गते आइतवार

महिला फुटबल टोलि चितवन प्रस्थान



दाङ, २५ चैत ।
प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता २०८० मा भाग लिन लुम्बिनी प्रदेशको महिला फुटबल टोलि आज आईतवार चितवनको भरतपुर प्रस्थान गरेको छ ।

प्रदेश खेलकुद परिषद बागमतिको आयोजनामा चैत २६ गते देखि बागमतिको प्रदेशको राजधानि हेटौडामा हुने सुरु हुने प्रतियोगितामा भाग लिन लुम्बिनी प्रदेशको २० सदस्यीय महिला फुटबल टोलि त्यस तर्फ प्रस्थान गरेको हो ।

टोलि लाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराईले एक कार्यक्रमको आयोजना गरि टीका तथा खादा लगाएर बिदाई गर्नु भएको लुम्बिनी प्रदेश फुटबल संघका कोषाध्यक्ष तथा टिम म्यानेजर केशव चौधरी मिग्माले जानकारि दिनुभयो ।

बिदाई समारोह लाई सम्बोधन गर्दै सदस्य सचीव भट्टराईले लुम्बिनी प्रदेश खेलकुदको गरिमा लाई उच्च राख्ने गरि खेल प्रदर्शन गर्न खेलाडी लाई शुभकामना दिनुभयो । साथै उहाँले खेलकुद क्षेत्रमा प्रदेश खेलकुदले स्थापित गरेको गरिमा लाई अझ फाराकिलो पार्दै जितको अग्रिम शुभकामना दिनुभयो।
लुम्बिनी प्रदेश ले आफ्नो पहिलो खेलमा कर्णाली प्रदेश संग प्रतिस्पर्धा गर्नेछ । खेल बखान रंगशाला चितवन भरतपुरमा मंगलवार दिउँसो तीन बजे हुने टिम कोच जनक केसिले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार