दाङ, ५ बैशाख ।
दाङबाट रुकुमतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।
बुधबार बिहान पौने ११ बजेतिर बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताउनुभयो ।
उहाँका अनुसार घाइतेहरु मध्ये चार जनाको अवस्था गम्भीर छ, भने १० जनाको अबस्था सामान्य रहेको छ ।
घोराहीबाट रुकुमकोट जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर पुलबाट खसेको प्रहरीले बताएको छ । घाइतेहरुको विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार