
दाङ,६ वैशाख ।
दाङमा माेटरसाईकलकाे ठक्करबाट एक बालककाे मृत्यु भएकाे छ । तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १६ बाट बिजाैरीतर्फ जाँदै गरेकाे रा ३ प २५२० नम्बरकाे माेहाेन बस्नेतले चलाएकाे माेटरसाईकलले ठक्कर दिदा तुलसीपुर- १८ का ५ वर्षका सुशान्त चाैधरीकाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रहरी प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयाे ।
प्रहरी प्रबक्ता मल्लका अनुसार माेटरसाईकल चालक बस्नेत शिक्षक रहेकाले उनि माेटरसाईकल लिएर बिजाैरतर्फ पढाउन जाने क्रममा दुर्घटना भएकाे हाे । आज बिहान १० बजेतिर तलसीपुर-१८ काे मानपुर डुरुवा सडक खण्डमा साेहि ठाउँ निवासी शर्मिला चौधरीको छोरा सुशान्तलाई माेटरसाईकलले ठक्कर दिएकाे थियाे ।
घट्ना लगत्तै घाइते भएका बालकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याइएकाे थियाे । उपचारका क्रममा बालकाे मृत्यु भएकाे प्रहरी प्रबक्ता मल्लले जानकारी दिनुभयाे । बालककाे शवलाई अहिले राप्ती प्रादेशिक अस्पतालकाे शव गृहमा राखिएको छ।