२०८१ माघ ६ गते आइतवार

दमारगाँउ चर्चमा अभिभावक सेमिनार



तुलसीपुर,६ वैशाख ।

दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा रहेकाे दमारगाँउ चर्चमा अभिभावक सेमिनार बिहिवार सम्पन्न भएकाे छ ।

सन्ततीकाे उज्जवल भविष्य र परिवारमा असल संस्कार निर्माणका लागि अभिवाककाे भूमिका महत्वपूर्ण रहेकाले अभिभावक सेमिनारकाे आयाेजना गरिएकाे दमारगाँउ चर्चका पाष्टर टाेप बहादुर महताराले जानकारी दिनुभयाे ।

 घरपरिवारमा श्रिमान-श्रिमतिकाे असल सम्बन्ध,घरकाे व्यवस्थापन,अभिभावकिय भूमिका र परिवारमा आर्थिक इमान्दारीताका विषयमा पाष्टर गाेविन शर्माले प्रशिक्षण गर्नुचभएकाे थियाे ।

पछिल्लाे समय युवा पुस्ता कुलतमा बढि देखिन थालेकाले परिवार चनाखाे हुनुपर्ने पाष्टर प्रकाश शर्माले बताउनुभयाे ।युवाहरूलाई कुलतबाट जाेगाउन सबैभनदा बढि परिवार जिम्मेवार हुनुपर्ने उहाँकाे भनाइ थियाे । उहाँले आध्यात्मिक ध्यानमा सहभागी गराएर चेतना फैलाउन सकिने बताउनुभयाे।

दमारगाँउ चर्चका अध्यक्ष धनसरा विककाे अध्यक्षतामा भएकाे  अभिभावक सेमिनारमा पाष्टर ललित वुढा,नरेश नेपाली, बल बहादुर वुढाथाेकी लगाएतकाले मन्तव्य राख्नुभएकाे थियाे।

चर्चका पाष्टर टाेप बहादुर महताराकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण सचिव सावित्रा विकले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार