२०८१ माघ १० गते बिहिवार

त्रिसिद्धेश्वरी राप्ती यातायातका स्टाप तथा पदाधिकारीलाई राप्ती लाइफले दियाे उपचार सेवामा छुट 



दाङ, ९ बैशाख ।
तुलसीपुरमा रहेको राप्ती लाइफ केयर अस्पतालमा त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका स्टाप र पदाधिकारीले उपचारमा छुट पाउने भएका छन् । राप्ती लाईफ केयर र त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिबिच उपचार सेवामा छुट दिनेबारे आइतबार सम्झौता भएको हो ।

सम्झौता अनुसार अस्पतालमा त्रिसिद्धेश्वरीका कर्मचारी तथा पदाधिकारीले उपचार सेवामा २० प्रतिशत, औषधिमा ७ प्रतिशत र अप्रेसनमा १० प्रतिशत छुट पाउने भएका छन् ।

यसैगरी दुर्घटनामा परेकालाई अस्पतालको आइसीयु, अप्रेसन लगायतका सेवामा २० प्रतिशत छुट दिने सम्झौता भएको अस्पतालका निर्देशक जीवन भण्डारीले बताउनुभयो । तर सेवा लिन आउँदा परिचय खुल्ने कार्ड अनिवार्य लिनुपर्ने उहाँले बताउनुभयो ।

राप्ती लाईफ केयर अस्पतालका अध्यक्ष हरिप्रसाद रिजाल र त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल सेवामा छुट दिनेबारे आइतबार सम्झौता भएको हो ।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार