२०८२ जेष्ठ १० गते शनिवार

शान्तिनगरका स्वयंसेविकालाई भान्सा सुधारबारे सचेतना



दाङ, १६ बैशाख ।
शान्तिनगर गाउँपालिकाका महिला स्वंयसेविकासंग भान्सा सुधार कार्यक्रम गरिएको छ । जीवन स्वस्थ्य बनाउन भान्साबाटै सुधार गर्नका लागि महिला स्वयंसेविकालाई भान्सामा पकाउनुपर्ने कुरामा सचेतना प्रदान गरिएको हो ।

राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डा.मदन कुमार बिसीको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा अध्यक्ष बस्नेतले अस्वस्थ खानपानकै कारण नागरिकले स्वास्थ्य समस्या बेहोर्नुपरेकोले भान्सा सुधार कार्यक्रमले महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो । उहाँले हरेक नागरिक स्वस्थ भएपछिमात्रै अरु विकास गर्न सकिने बताउनुभयो ।

राप्ती आयुर्वेद चिकित्सालयका प्रमुख डा. बिसीले आम नागरिकको भान्सामै अस्वस्थकर खाना पाक्न थालेको हुँदा गृहणीलाई भान्सा सुधार कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रमको सहजीकरण डा. कैलाश न्यौपानेले गर्नुभएको हो।

शुक्रबार भएको कार्यक्रममा ६१ जना महिला स्वयंसेविकाको सहभागीता रहेको आयोजकले जनाएको छ । ‘मेरो स्वास्थ्य-मेरो जिम्मेवारी’ भन्ने मूल उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार