
दाङ,१६ मंसिर ।
पाैडेल वंश महासंघ नेपाल लुम्बिनी प्रदेशको दाेस्राे अधिवेशन सम्पन्न भएकाे छ । कपिलवस्तुमा सम्पन्न अधिवेशनबाट टेकराज पाैडेल (कपिलवस्तु)काे अध्यक्षतामा चार सदस्य पछि थप गर्ने गरि १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतिले चयन गरेकाे छ ।
महासंघको उपाध्यक्षमा जायश्वर पाैडेल (वाँके),सचिवमा भरतमणी पाैडेल (दाङ),सह-सचिवमा नुमेन्द्र पाैडेल (रूपन्देही)
,काेषाध्यक्षमा वावुराम पाैडेल (अर्घाखाँची) चयन हुनुभएकाे हाे ।
सदस्यहरूमा रामचन्द्र पाैडेल (नवलपरासी),दधिराम पाैडेल (वर्दिया),फर्सुराम पाैडेल (अर्घाखाँची),भिम प्रसाद पाैडेल (वाँके),नवराज पाैडेल (प्युठान),विष्णुप्रसाद पाैडेल (रूपन्देही)
,कृष्णप्रसाद पाैडेल (गुल्मी) र शाेभा पाैडेल (रूपन्देही) चयन हुनुभएकाे छ ।
प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार