२०८१ चैत्र ३ गते आइतवार

पानी परेपछि आधा घण्टा स्थगित भएको निर्वाचन पुनः सुरु



तुलसीपुर, २९ बैशाख ।
तुलसीपुरमा वर्षाको कारणले आधा घण्टा स्थगित भएको निर्वाचन पुनः सुरु भएको छ । पानि परेपछि तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन आधम घण्टा स्थगित भएको थियो ।

आधा घण्टा स्थगित भएको निर्वाचन पुनः सुरु भएको निर्वाचन समितिले जनाएको छ । आज (शनिबार) विहान ८ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी रहेको छ । दिउँसो २ बजेसम्म एक हजार पाँच सय मतदाताले मतदान गरेको निर्वाचन समितिका संयोजक प्रविण लम्सालले जानकारी दिनुभयो । अहिलेसम्म मतदान शान्तिपुणर् तरिकाले सञ्चालन भैरहेको संयोजक लम्सालले बताउनुभयो ।

मतदानका लागि तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालयको दोस्रो तलामा २२ वटा बुथ तथा शारिरिक रुपमा अशक्तहरुको लागि कार्यालयको तल्लो तलामा ७ वटा बुथ सहित २९ वटा बुथमा एकसाथ मतदान जारी छ ।

तुलसीपुर उद्योग वाणिज्य संघमा कुल ३ हजार ४ सय ७७ जना मतदाता रहेका छन् । विहान ८ बजेदेखि सुरु भएको मतदान वेलुका ५ बजेसम्म गर्न सकिने छ ।

निर्वाचनमा नेपाली कांग्रेसका विनिल केसीको नेतृत्वमा एउटा प्यानल र कांग्रसकै ललित जंग शाहको नेतृत्वमा ७ दलिय समर्थनमा अर्को प्यानल चुनावमा सहभागी भएका छन् ॥

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार