तुलसीपुर,९ जेठ ।
तुलसीपुरमा मोटरसाइकलकाे ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर-१२ जसपुर निवासी ६२ वर्षिय रेश्मी खत्री रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
तुलसीपुरबाट जसपुरतर्फ जाँदै गरेको रा ६ प ६०४१ नम्बरको मोटरसाइकलले तुलसीपुर-१२ पुकार पसल नजिकै पैदल हिडिरहेकि साेही ठाउँ निवासी खत्रीलाई आज बेलुका ७ बजेको समयमा ठक्कर दिदा घाइते भएकाे प्रहरी निरिक्षक मल्लले जानकारी दिनुभयाे ।
माेटरसाइकलकाे ठक्करबाट गम्भीर घाइते भएकी उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा आज(बुधबार) राति साढे ८ बजे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार