२०८१ माघ ६ गते आइतवार

गर्मिले विद्यार्थीकाे स्वास्थ्यमा समस्या देखिन थालेपछि गढवाका विद्यालय बन्द



दाङ,१७ जेठ ।

विगत केही दिनयता अत्यधिक गर्मी  बढेपछि दाङकाे गढवा गाउँपालिकामा पनि तिन दिन विद्यालय बन्द गरिएको छ ।

गाँउपालिकाले एक सूचना जारी गर्दै केहिदिनदेखि निरन्तर बढेकाे तापक्रमका कारण बालबालिकामा स्वास्थ समस्या देखिन थालेपछि पालिकामा रहेका सम्पूर्ण विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय भएकाे उल्लेख गरिएकाे छ ।

गाँउपालिकाकाे जेठ १७ गतेकाे निर्णय अनुसार भाेलि १८ गतेदेखि २० गतेसम्म सम्म वर्षे विदामा मिलान गर्नेगरि विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत अम्मरराज शर्माले  जानकारी दिनुभयाे।

उहाँका अनुसार जेठ २१ गतेदेखि पठनपाठन संचालन गरिने छ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार