२०८१ माघ ६ गते आइतवार

प्रावि श्रीगैको अभिभावक भेला



तुलसीपुर, १७ जेठ ।
तुलसीपुर-७ श्रीगैमा रहेको प्राथमिक विद्यालय श्रीगैको अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी अभिभावक भेला गरेको प्रधानाध्यापक मुना कुमारी पौडेलले जानकारी दिनुभयो ।

अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नारायणी बस्यललाई सर्वसहमत चयन गरेको छ । समितिको सदस्यहरुमा गिता भूषाल कँडेल, लक्ष्मी विक र खुमा घर्ति राना रहनुभएको छ ।

यस्तै भेलाले रिता सन्यासीको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको छ । संघको सदस्यमा सम्झना भण्डारी, सरस्वति बस्नेत, मोहन डिसी, राधिका केसी, रोसनी बुढाथोकी, देवा बुढा, गिता साही र खुसी वली रहनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर- ७ का वडा अध्यक्ष राम बहादुर जिसीलले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिदै विद्यालयको शैशिक कार्यमा दत्तचित्त लागेर काम गर्न अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार