२०८१ माघ ६ गते आइतवार

विद्युत संरचनामा कुनै गतिविधि नगर्न प्राधिकरणको आग्रह



तुलसीपुर, २० जेठ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले शान्तिनगर गाउँपालिका-१ को क्षेत्रभित्र विद्युतिय संरचनामा कुनै गतिविधि नगर्न आग्रह गरेको छ ।

प्राधिकरणले सुचना नै जारी गरेर विद्युतिय संरचना छुने, पोल चढ्ने, घरपालुवा जनाबर बाँध्ने लगायतका कुनैपनि गतिविधि नगर्न आग्रह गरेको हो ।

प्राधिकरणका अनुसार शान्तिनगर-१ को क्षेत्रभित्र पर्ने पतेरीदेखि पेदीखोला, हाँडीचार, हल्दे, सालघारी, बाघखोर, मान्देखोला, बाझ विसौना, कालापोखरा, नेप्टेडाँडामा भर्खरै विद्युतिकरण कार्यसम्पन्न भएकाले शनिबार (जेठ १९) गतेदेखि चार्ज गरिएको जनाएको छ ।

विद्युतिय संरचनामा कहि कतै खराबी आएमा हापुरे नो लाइट मोबाईल नम्बर ९७६८३१५४८, तुलसीपुर नो लाइट मोबाइल नम्बर ९७६८३१५५४५, ल्याण्डलाइन नम्बर ०८२-५२००१७ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

यस्तै ९८६६९३२४९४, ९८६८९८५१२७, ९८६८६०२४२६ मा पनि सम्पर्क गर्न सकिने विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार