तुलसीपुर,२६ जेठ ।
ज्ञानज्याेति एजुकेसन फाउन्डेसन द्वारा सञ्चालित संस्कार पाठशाला दाङको आयोजनामा सञ्चालन गरिएको फुटसल प्रतियोगिताको उपाधि ज्ञान ज्याेति मावि तुलसीपुरले जितेको छ ।
आज (शनिवार)भएको फाईनल खेलमा पब्लिक ज्ञानज्याेति मावि वम्नैलाई १ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै
ज्ञानज्याेति तुलसीपुरले उपाधि जितेको हाे । प्रथम र दोस्रो हुने समुहलाई नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र ज्ञानज्याेति एजुकेसन फाउन्डेसनका सिइओ सुरेन्द्र जिसीले प्रदान गर्नुभएको थियोे ।
कार्यक्रम खेल अबधिभर रेफ्रीको उत्कृष्ट भुमिका निर्वाह गर्ने द्वय कमल डाँगि र यलिस वि.क.लाई मायाको चिनाे सहित सम्मान गरिएको थियोे । फुटसल प्रतियोगितामा फाउन्डेसन अन्तर्गतका ८ विद्यालयहरुकाे सहभागिता रहेकाे खेल संयोजक सुरज वलीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै फाउन्डेसनमा सिइओ सुरेन्द्र जिसीले विद्यार्थीलाई शिक्षासंगै खेलकुदमा जाेड्नका लागि फाउन्डेसनले फुटसल काेर्ट निर्माण गरेको र यसरी हुने प्रतियोगिताले खेलकुदकाे विकास गराउन दक्ष खेलाडी उत्पादनमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।