२०८२ चैत्र २७ गते शुक्रवार

तुलसीपुरमा एक व्यक्तिमाथि चक्कु प्रहार



तुलसीपुर, ३० जेठ ।
तुलसीपुरमा एक व्यक्तिमाथि धारिलो हतियार चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट तुलसीपुर-४ निवासी २४ वर्षीय गोरखलाल खड्का गम्भिर घाईते हुनुभएको छ ।

गएराती करिब साढे १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका-४ मजुवा ठुलाखाली चोकमा बसीरहेको अवस्थामा २/३ जनाको समुहमा आएका युवाहरुको समुहले खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

गोरखलालमाथी चक्कु प्रहार गर्ने तुलसीपुर-४ बस्ने अन्दाजी २१ वर्षीय पवन केसी लगायत २/३ जना युवाहरु रहेको प्रहरीले जनाएको छ ।

गोरखलाल र पवन बिच सामान्य बिवाद भएपछि गोरखलालमाथी धारिलो हरियार (चक्कु) प्रहार भएको हो । चक्कु प्रहारबाट गोरखलाललाई ढाडमा गहिरो चोट लागेको छ।

गम्भिर घाईते गोरखलाललाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि नर्सिङ होम नेपालगंज बाँके रिफर गरिएको छ ।

प्रहरीले घटनास्थलबाट चक्कु प्रहार गर्ने पवन केसीलाई चक्कु सहित र तुलसीपुर ४ बस्ने १८ वर्षीय झक्कु वली, सोही ठाउँ बस्ने अन्दाजी २०/२२ वर्षीय बिकाश पुनलाई पक्राउ गरेको छ ।

यस्तै प्रहरीले उनीहरुको साथबाट रा ६ प ५०, रा ४ प ५२४ र रा ६ प ४०६५ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार