![](https://etulsipur.com/wp-content/uploads/2024/06/1642671343_accident.jpg)
दाङ,३ असार ।
दाङमा ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन्। आज(साेमबार) साँझ पश्चिम दाङकाे खिलतपुरबाट अमुवा तर्फ जादै गरेको रा १ त २३१७ नम्बरको ढुङ्गा लाेड गरेकाे ट्याक्टर शान्तिनगर गाँउपालिका -१ नयाँ बस्ती स्थित गुन्डले खोलामा अनियन्त्रीत भई पल्टिदा ट्याक्टरमा सवार चार जना घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।ट्याक्टर साँझ पाैने आठ बजेकाे समयमा दुर्घटनामा परेकाे हाे ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रकाश थापाका अनुसार घाइते हुनेमा शान्तिनगर-२ का ३९ वर्षका भिम बहादुर बुढाथोकी,साहि ठाउँ निवासी ५२ वर्षका लाटो राना,२३ वर्षका उमेश भण्डारी र ५१ वर्षका धन बहादुर भण्डारी रहनुभएकाे छ ।
घाइतेमध्ये धनबहादुरको अबस्था गम्भीर रहेकाे प्रहरी प्रबक्ता थापाले जानकारी दिनुभयाे । उहाँकाे टाउको,छाती,दुबै हात र खुट्टामा चोट लागेकाे छ भने अन्य तीन जनाकाे अवस्था मध्यम रहेकाे छ । गम्भिर घाइते रहेका भण्डारीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि नर्सिङ हाेम नेपालगञ्ज रिफर गरिएको छ । अन्य तीन जनाकाे राप्ती प्रादेशिक अस्पतालमै उपचार भैरहेकाे छ।
ट्याक्टरमा ६ जना सवार रहेका थिए । जसमध्य एक जना सकुसल रहेका छन् भने ट्याक्टर चालक फरार रहेकाले उनकाे खाेजि कार्य भैरहेको प्रहरीले जनाएकाे छ ।