२०८३ बैशाख ३१ गते बिहिवार

तुलसीपुरमा गाेठी खाेलाले बगाउदा एक महिलाकाे मृत्यु



तुलसीपुर, १८ असार ।
दाङमा खाेलाले बगाउँदा एक महिलाकाे मृत्यु भएकाे छ । स्थानीय गाेठी खाेलाले  बगाउँदा तुलसीपुर उपमहानगरपालिका-३ रानागाउँका ५१ वर्षीय ताराकुमारी गुरुङको मृत्यु भएको हो ।

शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको वडाध्यक्ष वीरबहादुर विश्वकर्माले बताउनुभयो । वडाध्यक्षका अनुसार खेतमा काम गर्दै गर्दा साैच गर्न खोला किनारमा गएको समयमा एक्कासि आएको बाढी बगाउँदा महिलाको मृत्यु भएको हो । अविरल वर्षाका कारण खोलामा बाढी आएको छ ।

प्रकाशित मिति : २०८१ असार १८ गते मङ्गलवार