२०८२ बैशाख १३ गते शनिवार

दाङमा २१४ मिलिमिटर वर्षा,सबै भन्दा धेरै घाेराहीमा  



दाङ, २२ असार ।

दाङमा अत्याधिक वर्षा भएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार बिहिबार देखि शनिबार(आज) बिहानसम्म २१४ मिलिमिटर वर्षा भएको छ । दाङ जिल्लामा वर्षाको मापन खतराको स्तरभन्दा माथि पुगेको छ।१०० मिमि भन्दा बढीलाई खतरा मानिन्छ।

प्रशासनले सार्वजनिक गरेको विवरण अनुसार दाङमा सबैभन्दा बढी घाेराही क्षेत्रमा वर्षा भएको छ । घाेराहीमा २१४ मिलिमिटर पानी परेको छ । यस्तै  लमहीमा १८१.८ मिलिमिटर,लालमटियामा १४९.४ मिलिमिटर,शुक्रबारेमा १४५.० मिलिमिटर,गंगदिमा ११६.४ मिलिमिटर,काेइलावासमा ६५.२ मिलिलिटर,देउखुरीको बगासोतीमा ५१.६ मिलिमिटर, अम्बापुर १९.० मिलिमिटर र राटामाटामा १०.६ मिलिमिटर वर्षा भएको छ ।

 

प्रकाशित मिति : २०८१ असार २२ गते शनिवार