२०८३ बैशाख १८ गते शुक्रवार

बबई नदिमा बाढी आएपछि बखरियाको वस्ती जोखिममा



दाङ, २२ असार ।
अत्याधिक वर्षापछि बबई नदिमा पानीको सतह बढ्दै गएको छ । बबई नदिमा पानीको सतह बढ्दै गएपछि तुलसीपुर-१३ का बखरिया लगायतका वस्ती जोखिममा परका छन् ।

नदिको बहाव बढ्दै जाँदा वस्ती नै जोखिममा रहेको तुलसीपुर-१३ का अध्यक्ष मोहन पौडेलले बताउनुभयो । उहाँले बाढीको जोखिम बढ्दै गएकाले नदि तटिय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार नदिको पानी वस्तीमा पस्न शुरु भएको छ । पानी निरन्तर परिरहेकाले पनि नदिको बहाव झन् बढ्ने खतरा रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असार २२ गते शनिवार