२०८१ साउन ५ गते आइतवार

दाङमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा आमाछोरा घाइते



फाइल तस्बिर

दाङ २४ असार ।

दाङमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

तुलसीपुरबाट  पश्चिम रगैचातर्फ  जाँदै गरेको  रा ७ प ७८६७ नम्बरको मोटरसाइकल आज (सोमबार) बेलुका साढे पाँच बजेतिर  दङ्गीशरण गाउँपालिका ७ बाँकामा अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार आमाछोरा घाइते  भएका छन्।

 दुर्घटनामा  शान्तिनगर गाउँपालिका ५ का ७३ वर्षीय नन्दकली खड्का र उहाँका ४७ वर्षीय छोरा वेदबहादुर खड्का घाइते हुनुभएको हो।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मोटरसाइकलमा पछाडिसवार नन्दकली खड्काको दुबै हात,टाउको र मुखमा  चोट लागेको छ। उहाँकाे अवस्था मध्यम रहेकाे छ भने मोटरसाइकल चालक  छाेरा वेदबहादुर खड्काको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

नन्दकलिलाई तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज नर्सिङ होम बाँकेमा रेफर गरिएकाे छ ।

प्रकाशित मिति : २०८१ असार २४ गते सोमवार