२०८३ बैशाख १८ गते शुक्रवार

आज पनि धेरै ठाउँमा ठूलो पानी पर्ने अनुमान



दाङ, २३ साउन ।
दाङसहित देशका अधिकांश ठाउँमा आज पनि भारी वर्षाको अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहेकाले देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दाङ उपत्यकामा अहिले पानी रोकिए पनि दिउँसो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।वर्षा धेरै हुने भएकाले आज सकेसम्म टाढाको यात्रा नगर्न अनुरोध समेत गरिएको छ ।

नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको हुँदा यस क्षेत्रमा रहनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । दाङको राप्ती र बबई नदिसहित खहरे खोला आसपासका वस्तीका नागरिकलाई सचेत रहन आग्रह गरिएको हो ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार