२०८२ चैत्र २२ गते आइतवार

तुलसीपुर उपमहानगरपालिकामा शुरू भयाे आजदेखि लिफ्ट सेवा



तुलसीपुर,२९ साउन ।

तुलसीपुर उपमहानगरपालिकाले आफ्नो प्रशासनिक भवनमा लिफ्ट संचालना ल्याएको छ । आज एक कार्यक्रमका बीच उपमहानगर प्रमुख टीकाराम खड्काले लिफ्टको उद्घाटन गर्नुभएकाे हाे । लिफ्टको क्षमता एकपटकमा ५ सय ४४ किलो(करिब ८ जना) रहेको छ ।

उपमहानगरको चारतले भवनमा लिफ्ट संचालन गरेपछि बिशेषगरी शारीरिक अपाङ्गता भएका सेवाग्राही लाभान्वित हुने भएका छन् ।

लिफ्ट जडानकाे ठेक्का पाएकाे कन्टिनेन्टल विल्डर्स उच्च प्राविधिसहितकाे ओटिस कम्पनिकाे लिफ्ट जडान गरेकाे सञ्चालक सचिन पाैडेलले जानकारी दिनुभयाे ।

उहाँका अनुसार भ्याट बाहेक ५७ लाखकाे लागतमा निर्माण भएकाे हाे। जसमध्येकाे बजेटबाट पालिकाकाे प्राङगनमा ईन्टरलक टाईल विच्छाइएकाे छ भने भवनकाे पहिलाे तलामा शाैचालय निर्माणकाे काम गरिएकाे छ ।

त्यस्तै पार्क क्याफेसंग सटेका सिमामा ढुङ्गाकाे पर्खाल तथा  तथा तारजालीकाे काम गरिएकाे सञ्चालक पाैडेलले बताउनुभयाे ।

 

प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार