२०८३ बैशाख २० गते आइतवार

तपाईकाे आजकाे राशिफल भदौ २९ गते शनिबार



मेष राशि – राष्ट्रिय भक्तिले मन भावविभाेर हुनेछ । शिक्षा क्षेत्र शुभ रहला ।अधुरा कार्य सुचारु हाेलान् । पुराना समस्या पुन सुल्छनेछन् ।

बृष राशि – याेजात्मक कार्यले सफलता पाउला । सामाजीक कार्यमा मान प्राप्त हाेला ।आज संघर्ष वढि र प्रतिफल कम हुनेछ ।

मिथुन राशि :सरसामान हराउने ,चाेरीहुने हाेला । स्वास्थ्य समस्या वढेर आउला । साझेदारीमा काम गर्नु उपर्युक्त नहाेला।

कर्क राशि –आज दिन शुभ रहेकाे छ । भाग्य वृद्दि हाेला ।साहित्य र मनाेरन्जनमा मन जाला ।विभिन्न अवसरहरू प्राप्त हाेला ।

सिंह राशि –धर्मकर्ममा मन जाला । अधुरा कार्य पुनः सुचारु हाेलान् ।रचनात्मक कार्यमा सहभागि भैएला ।

कन्या राशि –निर्णयात्मक क्षमता वढेर आउला । व्यवसायमा भने साेचे अनुरुप सफलता मिल्ने छैन । राजनैतिक सफलता भने प्राप्त हाेला ।

तुला राशि –अनावश्यक खर्च हाेला। आफ्नै सहकर्मिकाे आलाेचना सहनु पर्ला ।आज कार्यमा बाधा आउन सक्छ लगनशील हुनुहाेला ।

बृश्चिक राशि – आध्यात्मिक उर्जाले मन खुसि रहला ।यात्रा शुभ रहला । स्वास्थ्यमा भने ख्याल राख्नुहाेला ।

धनु राशि – विद्या र ज्ञानले परिपूर्ण भैएला ।अरुलाई प्रभावित् पार्न सकिएला ।न्यायिक कार्यमा सफलता हाेला । आर्थिक क्षति भने सहनु पर्नेछ ।

मकर राशि –धैर्यता एवं लगनशिलताले कार्य सहजै सम्पादन हाेलान् ।दिन प्रेमिल हाेला । शिक्षा क्षेत्र शुभ रहेकाे छ ।

कुम्भ राशि –मन खिन्न हाेला । उत्साह घट्नेछ ।सामाजीक कार्यमा हात नहाल्दा नै शुभ हाेला । गरेकाे कार्यमा लाभ मिल्ने छैन ।

मिन राशि –स्वादिष्ट भाेजन प्राप्त हाेला । बाणिकाे प्रसंसा वढ्ला ।नयाँ अवसर प्राप्त हाेला । साथीभाईकाे सहयाेगले मन खुसि हाेला ।

आजकाे लागि वास्तु टिप्स 

घरकाे उत्तर पूर्व दिशामा फाेहाेर राख्ने ठाउँ कहिले पनि वनाउनु हुदैन ।
घरमा फुटेका भाडाँकुडा ,शीशा, बिग्रेकाे बन्द घडि पनि राख्नु हुदैन । यसले दुर्भाग्य वढाउँछ ।
घरकाे ठिक सामुन्ने काडाँ वाला वृक्ष,ठुलाे चाेप आउँने वृक्ष पनि राेप्नु हुदैन ।
वृक्षकाे छायाँ घरमा पर्नु पनि शुभ हाेईन यसले बच्चा वा परिवारमा सामाजीक प्रतिष्ठा घटाउने कार्य गर्दछ ।

ज्याैतिषाचार्य तथा वास्तुविद् माधवा शर्मा (महिला ज्याेतिषि )
सचिव – नेपाल ज्याेतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्याेतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ ।
फाेन नं 9848060799

प्रकाशित मिति : २०८१ भाद्र २९ गते शनिवार