मेष राशि: आत्मविश्वास बढ्नेछ, उच्च अधिकारीहरूसँग सम्बन्ध राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ, र अधुरा कार्यहरू फेरि सुचारु हुनेछन्।
वृष राशि: अध्ययन र ज्ञान प्राप्तिमा सफलता मिल्नेछ, तर व्यक्तिगत जीवनमा गोपनीयता राख्न जरुरी छ।
मिथुन राशि: अनावश्यक विवादमा नफस्नु होला, स्वास्थ्य समस्या बढ्न सक्छ, साझेदारीमा काम गर्दा ध्यान दिनु पर्नेछ।
कर्कट राशि: सन्तान र प्रेम सम्बन्धमा विशेष ध्यान दिनुहोस्। समाजिक सक्रियता बढ्नेछ र नयाँ अवसरहरू प्राप्त हुन सक्छन्।
सिंह राशि: आत्मविश्वासमा वृद्धि हुनेछ, धर्मकर्ममा रुचि लाग्नेछ र अधुरा कार्यहरू पुनः सुचारु हुनेछन्।
कन्या राशि: स्वास्थ्यमा ध्यान दिनुहोस्, अनावश्यक विवादबाट जोगिनु होला, व्यवसायमा ठूलो सफलता नआउने तर राजनीतिक रूपमा सफलता मिल्नेछ।
तुला राशि: सृजनात्मक कार्यमा रुचि बढ्नेछ, अध्ययनमा प्रगति हुनेछ, पारिवारिक सन्तुलन कायम रहला।
वृश्चिक राशि: स्वास्थ्यमा ध्यान दिनु पर्नेछ, साझेदारीमा असहमति उत्पन्न हुनसक्छ, विवादबाट बच्नु होला।
धनु राशि: विद्या र ज्ञानले भरिपूर्ण रहनेछ, न्यायिक कार्यहरूमा सफलता मिल्नेछ तर आर्थिक क्षति भोग्नु पर्नेछ।
मकर राशि: धैर्यता र लगनशीलताले काम सम्पन्न हुनेछ, प्रेमिल दिन हुनेछ र शिक्षामा राम्रो प्रगति हुनेछ।
कुम्भ राशि: स्वास्थ्यमा ध्यान दिनुहोस्, अनावश्यक विवादबाट बच्नु होला, सामाजिक कार्यमा हात नहाल्नु नै ठीक हुनेछ।
मीन राशि: स्वादिष्ट भोजन पाउनु हुनेछ, नयाँ अवसरहरू मिल्नेछन्, साथीभाइहरूको सहयोगले मन खुशी हुनेछ।
आजको वास्तु टिप्स
प्रवेश द्वारमा तोरण र स्वस्तिक राख्नुहोस्, यसले घरभित्र नकारात्मक ऊर्जा आउनबाट रोक्छ। प्रवेश द्वारको बाहिर गणेशको चित्र नराख्नुहोस्, यदि राख्नु छ भने घरको भित्री भागमा राख्नुहोस्। घरको पूर्व दिशामा मयूरको प्वाँख, सूर्यको उदाउँदो चित्र वा ब्रास/तामाको चित्र राख्दा शुभ हुनेछ।
ज्याैतिषाचार्य तथा वास्तुविद् माधवा शर्मा (महिला ज्याेतिषि )
सचिव – नेपाल ज्याेतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्याेतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ ।
फाेन नं 9848060799

