सन्त निरंकारी मण्डल नेपाल दाङ शाखाले ३५ औं वार्षिक साधारणसभा गरेको छ ।शुक्रबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी साधारणसभा गरेको हो ।सन्त निरंकारी मण्डप नेपालका केन्द्रिय अध्यक्ष नरबहादुर रावलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्को प्रमुख आतिथ्यता तथा पूर्व राष्ट्रिय सभासदस्य कोमल वली र लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो।कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खड्काले मण्डलको सामाजिक र धार्मिक सेवाको प्रशंसा गर्नुभएको हो । नगर प्रमुख खड्काले सद्भाव र सहिष्णुता हाम्रो समाजको आधारस्तम्भ भएको बताउनुभयो ।
वर्षिक प्रतिवेदन सचिव अनिल महर्जन र संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्ण कनैया पाठकले प्रस्तुत गर्नुभएको हो ।
सन्त निरंकारी मण्डल नेपाल सत्संग दाङ शाखाका अध्यक्ष शारदा जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण केन्द्रिय सहसचिव नर बहादुर बिकले गर्नुभएको हो । कार्यक्रममा देशभरीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार