२०८२ चैत्र २० गते शुक्रवार

खानेपानीको मुहान संरक्षण र शुद्धिकरणमा ध्यान दिन नगरप्रमुख खड्काको सुझाव



तुलसीपुर, २२ असोज।

दाङकाे तुलसीपुर उपमहानगरपालिका ४ मा रहेको खाद्रे खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १५औँ वार्षिक साधारणसभा आज(मंगलबार) खाद्रेमा सम्पन्न भएको छ। समितिका अध्यक्ष ढक बहादुर विक (राजेश)को अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

सो अवसरमा नगरप्रमुख खड्काले खानेपानीको मुहान संरक्षण र पानी शुद्धिकरणमा ध्यान दिन सुझाव दिनुभयो। साथै, उहाँले समितिलाई नयाँ योजनाहरू अघि सार्न आग्रह गर्दै, स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपाने, पूर्व डिभिजन प्रमुख चोप प्रसाद धिताल, वडा अध्यक्ष तुलसी थापा, समितिका पूर्व अध्यक्ष सोभाराम बुढाथोकी र जेष्ठ नागरिक तुलसीपुर नगर समितिका अध्यक्ष पूर्ण बहादुर खड्काले पनि खानेपानीको मुहान संरक्षणको महत्त्वमा जोड दिनुभयो।

समितिका अध्यक्ष ढक बहादुर विकले समितिको भावी रणनीति र अनुमानित आयव्यय प्रस्तुत गर्नुभयो भने, कोषाध्यक्ष डिल्ली बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। कार्यक्रममा सहयोगदाता सुन्दर रोका लगायतलाई सम्मान गरिएको थियो। कार्यक्रमको सहजीकरण दुबिन्द्र केसीले गर्नुभएको थियो।

खानेपानीको नयाँ योजना बनाउनुस् ः नगरप्रमुख खड्का
तुलसीपुर, २२ असोज । तुलसीपुर ४ मा रहेको खाद्रे खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १५औँ वार्षिक साधारणसभा आज मंगलबार खाद्रेमा सम्पन्न भएको छ। समितिका अध्यक्ष ढक बहादुर विक (राजेस) को अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। सो अवसरमा बोल्दै नगरप्रमुख खड्काले खानेपानीको मुहान संरक्षण र पानी शुद्धिकरणमा ध्यान दिन सुझाव दिनुभयो। साथै, उहाँले समितिले नयाँ-नयाँ कार्ययोजनाहरू तयार गरी अघि बढ्न आग्रह गर्नुभयो।

“खानेपानी समितिले नयाँ योजनाहरू अघि सार्नुस्, यसमा स्थानीय सरकारले आवश्यक सहयोग गर्छ,” उहाँले भन्नुभयो। सो अवसरमा खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपाने, पूर्व डिभिजन प्रमुख चोप प्रसाद धिताल, वडा अध्यक्ष तुलसी थापा, समितिका पूर्व अध्यक्ष सोभाराम बुढाथोकी, र जेष्ठ नागरिक तुलसीपुर नगर समितिका अध्यक्ष पूर्ण बहादुर खड्कालगायतले खानेपानीको मुहान संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा समितिका अध्यक्ष ढक बहादुर विकले समितिको भावी रणनीति र अनुमानित आय-व्यय प्रस्तुत गर्नुभयकाे थियाे भने कोषाध्यक्ष डिल्ली बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे। साधारणसभाका अवसरमा सहयोगदाता सुन्दर रोकालगायतलाई सम्मान गरिएको थियो। कार्यक्रमको सहजीकरण दुबिन्द्र केसीले गर्नुभएको थियो।

 

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार