२०८३ बैशाख ७ गते सोमवार

बडादशैँको आज तेस्रो दिन पनि टिका थाप्ने क्रम जारी



दाङ, २८ असोज ।
बडादशैँ टीकाको आज तेस्रो दिन । दशमीको दिन टीका थाप्न नभ्याएकाले आज पनि टिका लगाउँदै छन् ।

कोजाग्रत पूर्णिमाको दिन फुलपाती नसेलाउन्जेलसम्म टीका लगाउने चलन रहेको छ । आजको दिनमा पनि घरघरमा टीका थाप्न जानेहरुको विशेष चहलपहल रहन्छ ।

देशका कतिपय स्थानमा भने विजयादशमीको दिन मात्रै टिका थाप्ने चलन छ । आफन्त तथा मान्यजनकहाँ गइ आर्शीवाद ग्रहण गर्दै दसैँ मनाइदै छ ।

 

प्रकाशित मिति : २०८१ असोज २८ गते सोमवार