दाङ, १९ कार्तिक ।
मनसुन सकिएपनि दाङमा डेंगी रोगको सङ्क्रमण रोकिएको छैन । अहिले दसवटै स्थानीय तहमा डेंगी फैलिएको स्वास्थ कार्यालय दाङ्ले जनाएको छ । रोगको सङ्क्रमणले बिरामी बढ्दै गएपछि अस्पतालमा बिरामीको भिड पनि बढेको छ । ०८१ जेठदेखि कात्तिक १५ सम्म दाङमा ४ सय १६ जनामा सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
दाङमा सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिका १७१, घोराहीमा १४६, लमही नगरपालिकामा ४८, शान्तिनगर गाउँपालिकामा १७, बबई गाउँपालिकामा १६, राप्ती गाउँपालिकामा १२, दङगिशरण गाउँपालिकामा १०,गढवा गाउँपालिकामा ६ , राजपुर गाउपालिका र बङ्गलाचुली गाउँपालिकामा ४/४ जना सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका डेंगी फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । यो अवधिमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा १३३ जनाले उपचार सेवा लिएका छन् ।।