दाङ, ४ मंसिर।
घोराही उपमहानगरपालिकास्थित ट्राफिक चोकमा रहेको घोडाको सालिकको सरसफाई गरिएको छ। लामो समयदेखि सडकको धुलो र धुवाँका कारण फोहर रहेको उक्त सालिकलाई आज तुलसीपुर उपमहानगरपालिका-७ जीतपुर निवासी सामाजिक अभियन्ता उपेन्द्र पौडेल र उनकी पत्नी सरिता पौडेलले सफा गर्नुभएको हो।
जीवको सम्मान स्वरूप घोडाको सालिक सफा गरेको बताउँदै अभियन्ता पौडेलले भन्नुभयो-“यो सालिक घोडा हाम्रो संस्कृति र परम्पराको एक महत्वपूर्ण हिस्सा हो, र यसका माध्यमबाट हामी जीवको सम्मान गर्न चाहन्छौं`।
व्यक्तिगत रूपमा श्रम दान गर्दै घोडाको सालिकलाई पुनः उज्यालो र सफा बनाउनुभएको हो।पौडेल दम्पती यसअघि पनि सकारात्मक सामाजिक चेतना फैलाउने विभिन्न कार्यमा संलग्न हुँदै आउनुभएकाे छ। उहाँहरुको यस्तो अभियानले समुदायमा सन्देश पुर्याउने काम गरेको छ।
प्रकाशित मिति : २०८१ मङ्सिर ४ गते मङ्गलवार

