२०८३ बैशाख ४ गते शुक्रवार

आगलागीजन्य विपदबाट बच्न सुन्दरवस्तीमा सचेतना



दाङ, ६ मंसिर ।
लुम्बिनी प्रदेश विपद व्यवस्थापन गुल्म तुलसीपुरले विभिन्न विपदबाट बच्न सचेतना अभियानलाई तिब्र बनाएको छ । विपदबाट बच्न र यसबाट हुने क्षति न्यूनिकरण गर्नका लागि विपद व्यवस्थापन गुल्म तुलसीपुरले नागरिकलाई सचेतना दिन अभियान तिब्र बनाएको हो ।

आज तुलसीपुर-७ को सुन्दर वस्तीमा सचेतना कार्यक्रम गरिएको लुम्बिनी प्रदेश विपद व्यवस्थापन गुल्मी तुलसीपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक सरस्वती अधिकारी जानकारी दिनुभयो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आगलागी, बाढी पहिरो, डुबान, चट्याङकाे बारेमा प्रहरी नायव निरीक्षक बालाराम केसीले प्रशिक्षण गर्नु भएको हो । उहाँले आगलागी भएपछि अपनाउनुपर्ने सतर्कता, आगलागी हुँदा के गर्ने, आपत्कालीन योजना निर्माण, घरमा ग्याँस सिलिण्डर लिक भएर लाग्ने आगो सर्तकतापूवर्क निभाउन सकिने बारेमा प्रशिक्षण गर्नुभएको हो ।

नेपालमा प्राय आगो र ग्याँसमा खाना पकाउदा धेरै दुर्घटना भएकाले महिलाहरुलाई प्राथमिकता दिएर प्रयोगात्मक रुममा सचेतना गर्ने गरिएको उहाँले बताउनुभयो । यसैगरी कार्यक्रममा प्रहरी सहायक हवलदार धनबहादुर चलाउने ग्याँस सिलेण्डर र मट्टीतेल जस्ता प्रज्जलनशील पदार्थलाई सुरक्षित ढंगले राख्नुपर्ने बताउनुभयो ।

सानो आगो लागेमा फायर एस्ट्ररिङ गुसरले निभाउन सकिने बताउनुभयो । यस्तै खाना पकाउँदा वा काम गर्दा मानिसलाई आगोले पोलेमा दौडिने, शरिमा पानी हाल्ने भन्दा पनि हावा नछिर्ने कपडा शरिरमा बेरेर आगोबाट बच्न सकिने बताउनुभयो।

यस्तै तुलसीपुर-७ का वडा अध्यक्ष रामबहादुर जिसीले प्रत्येक टोलमा सचेतना अभियान गरिने बताउनुभयो । उहाँले यस्ता जनचेतनामूलक कार्यक्रम सबै ठाउँमा फैलाउनुपर्ने बताउनुभयो । विशेषगरी ग्रामिण क्षेत्रमा यो कार्यक्रम आवश्यक रहेको र प्रभावकारी पनि हुने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार