२०८१ मङ्सिर २४ गते सोमवार

ज्ञानज्याेति अन्तरकलेज फुटबल  प्रतियाेगिता २०८१ आजदेखि सुरू



तुलसीपुर १३ मंसिर  ।

ज्ञानज्याेति अन्तरकलेज फुटबल  प्रतियाेगिता २०८१ आजदेखि शुरु भएको छ ।

ज्ञानज्याेति फाउण्डेसनद्वारा सञ्चालित ज्ञानज्योति कलेज +२ अध्ययनरत विद्यार्थीहरूकाे सहभागिता रहने फुटबल प्रतियोगिताकाे आज उद्घाटन भएको हाे ।

आजदेखि अरनिको मैदान तुलसीपुरमा शुरु भएको प्रतियोगिता ४ दिन आागामी मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ ।

 ज्ञानज्योति कलेज तुलसीपुरका एकेडेमिक कोर्डिनेटर शरद गौतमको अध्यक्षता तथा पूर्व राष्ट्रिय खेलाडी सुधिर गुरुङको प्रमुख आतिथ्यता एवं तुलसीपुर उद्योग वाणिज्य सङ्घका सचिव नवीन राईको विशिष्ट आतित्थ्यतामा प्रतियाेगिताकाे उद्घाटन गरिएको हाे ।

उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरूङले कलेज स्तरमा हुने यस्ता प्रतियोगिताले दक्ष खेलाडीहरु उत्पादनमा टेवा पु¥याउनुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म पुग्न उनीहरुलाई मद्दत मिल्ने बताउनुभयो ।

साे अवसरमा वाेल्दै ज्ञानज्याेति फाउन्डेसनका एकेडेमिक कोर्डिनेटर शरद गाैतमले विद्यार्थीहरुकाे पठन-पाठन मात्र नभई चाैतर्फि विकासका लागि कलेजले वार्षिक रुपमा खेलकुद प्रतियोगिताकाे आयाेजना गर्ने गरेकाे बताउनुभयाे ।

 विद्यार्थीहरुलाई पढाइ संगसंगै शारिरिक तथा मानशिक रुपमा सबल र सक्षम वनाउन अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराइएकाे बताउनुभयाे ।

+२ अध्ययनरत १३ वटा समूह प्रतियोगितामा सहभागी रहेका छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहले क्रमश नगद २० हजार,१० हजार, शिल्ड,मेडल र  प्रमाणपत्र प्राप्त गर्ने आयाेजकले जनाएकाे छ ।

उद्घाटन  कार्यक्रमकाे सञ्चालन ज्ञानज्याेति कलेजका शिक्षक सन्ताेष केसीले गर्नुभएकाे हाे ।

प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बिहिवार