रोल्पा, १८ मंसिर ।
रोल्पामा घुस रकमसहित एकजना प्रहरी पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक(सई) ललित कुमार बुढाथोकी २५ हजार घुससहित पक्राउ परेका हुन् ।
सवारी साधनहरूलाई आवत-जावत गर्न सहजीकरण गरिदिए बापत घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुढाथोकीलाई हिजाे सोमबार पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उनलाई रोल्पा नगरपालिका वडा नंम्बर ४ बाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार