दाङ, मंसिर १८।
दाङमा लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।
प्रहरीले परिवर्तन गाउँपालिका-६ राेल्पाका ३० वर्षिय बिरेन्द्र बुढामगरलाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
दाङको घाेराही उपमहानगरपालिका -१३ वर्माचाेकबाट बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो ।
उहँक अनुसार पक्राउ परेका बुढा लागूऔषधसहित पैदल हिँडिरहेका बेला पक्राउ परेका हुन ।शंकास्पद अवस्थामा शरीर खानतलासी गर्दा उनको साथबाट लागू औषध फेला पारेको हो।
डाँगीको साथबाट पाँच वटा पुडिडयासहित ३ ग्राम ४२० मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरिएको प्रहरी प्रबक्ता थापाले जानकारी दिनुभयाे ।
बुढालाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ।
प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार