तुलसीपुर,१९ दाङ ।
दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को कार्यालय नवनिर्मित प्रशासकीय भवनमा सर्ने भएकाे छ ।
आउँदो शुक्रबार (मंसिर २१ गते) ताेप्पापानीमा बनेकाे प्रशासकीय भवनमा कार्यालय सार्ने तयारी अन्तिम चरणमा पुगेको वडा अध्यक्ष प्रेमनाथ याेगीले जानकारी दिनुभयो । वडा कार्यालय अहिले बिजाैरि स्थित हाडिमेमा भाडाको घरमा संचालित छ ।
भव्य समारोहका बिच उद्घाटन गर्न लागिएको कार्यक्रमकाे व्यवस्थापनका लागि एक दिन वडाकाे सेवासमेत स्थगन हुने भएकाे छ।
कार्यालय उद्घाटनका दिन वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू बन्द रहने अध्यक्ष याेगीले जानकारी दिनुभयो ।
यसैबीच वडा कार्यालय स्थानान्तरणकाे कामलाई तीव्र पारिएको वडा कार्यालयले जनाएको छ।
वडा कार्यालयले सूचना जारी गरेर नवनिर्मित प्रशासकीय भवनकाे उद्घाटन कार्यक्रममा उपस्थितका लागि सम्पूर्ण वडाबासीहरूलाई अनुराेध गरिएकाे वडा सदस्य रामबहादुर पाैडेलले बताउनुभयाे।