२०८१ माघ ६ गते आइतवार

ज्ञान ज्योति लिटिल स्टार च्याम्पियनसिप सुरु



तुलसीपुर, २० मंसिर ।

ज्ञान ज्योति फाउन्डेसनको आयोजनामा नौ वटा विद्यालयहरूको सहभागितामा लिटिल स्टार च्याम्पियनसिप सिजन-२ आजबाट बेल्झुण्डी रङ्गशालामा सुरु भएको छ।

कार्यक्रमको अध्यक्षता ज्ञान ज्योति फाउन्डेसनका अध्यक्ष टिका बहादुर जिसीले गर्नुभएको थियो। तुल्सीपुर उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत मन बहादुर खड्काको प्रमुख आतिथ्यता, फाउन्डेसनका सिइओ सुरेन्द्र जिसी, र संस्कार पाठशाला दाङका म्यानेजिङ डाइरेक्टर दीप बस्नेतको विशिष्ट आतिथ्यतामा च्याम्पियनसिप उद्घाटन गरिएको हो। सहभागी नौ विद्यालयका प्रिन्सिपलहरू पनि कार्यक्रममा आतिथ्यको रूपमा सहभागी थिए।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा फाउन्डेसनअन्तर्गत रहेका नौ विद्यालयमा अध्ययनरत युकेजीका ६६८ विद्यार्थीले भाग लिनेछन्। कार्यक्रम संयोजक राकेश डाँगीका अनुसार, प्रतियोगिता विद्यार्थीहरूको शारीरिक, मानसिक र नैतिक विकासका लागि आयोजना गरिएको हो।

कार्यक्रममा जुम्बा, योग, सूर्य नमस्कार, नृत्य, पिटी, मार्च पास्ट, र २४ विविध खेलहरू आयोजना गरिनेछ। उद्घाटन कार्यक्रमको सञ्चालन सरिता खनाल र रितु जिसीले गर्नुभएको थियो।

 

प्रकाशित मिति : २०८१ मङ्सिर २० गते बिहिवार