२०८१ माघ ६ गते आइतवार

ज्ञान दीप कलेजका पुष्पा भण्डारी बिबिएसतर्फ लुम्बिनी प्रथम



तुलसीपुर,२१ मंसिर ।

दाङको तुलसीपुरमा रहेको ज्ञान दीप कलेजले पश्चिम नेपालकै उत्कृष्ट नतिजा ल्याउदै लुम्बिनी प्रदेश प्रथम भएको छ । त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको बिबिएस चौथो बर्षकाे नतिजामा ज्ञान दीप कलेजका छात्रा पुष्पा भण्डारी उत्कृट नतिजा सहित लुम्बिनी प्रदेश प्रथम भएकी छिन ।

बिबिएस चौथो बर्ष तर्फ ज्ञान दीप कलेजका छात्रा पुष्पा भण्डारी ८१ प्रतिशत ल्याएर लुम्बिनी प्रदेश प्रथम गर्न सफल भएको कलेजका सहायक प्राधानाध्यापक मनोज कुमार केसीले जानकारी दिनुभयो ।

कलेजले वि.वि.ए., वि.ए.सी.सीएसआईटि, वि.सी.ए, विएस्सी, वि.वि.एस. र वि.ए संकायमा अध्यापन गराउदै आएको छ । ज्ञान दीप कलेज दाङ जिल्लाकै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको कलेजको रुपमा परिचित छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार