दाङ,२८ मंसिर ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख कुबेर कडायतकाे सरूवा भएकाे छ।
नेपाल प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालय नक्सालमा कडायतकाे सरूवा/ काज भएकाे हाे।
कडायतकाे सरूवा भएपछी लुम्बिनी प्रदेश प्रहरी प्रमुखको कमान्ड सम्हाल्न दानबहादुर कार्की आउने हुनुभएकाे छ।
कार्की नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्सालबाट लुम्बिनी प्रदेश प्रहरी प्रमुखको कमाण्ड सम्हाल्न आउन लाग्नुभएको हो।
डिआइजी कडायत गत वर्षकाे पुस २४ मा नेपाल प्रहरी प्रधान कार्यालय महानिरिक्षककाे सचिवालय नक्सालवाट लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा सरूवा हुनुभएकाे थियाे । उहाँ कमान्ड सम्हालेकाे ११ महिनामा सरूवा हुनुभएकाे हाे ।
बिहीबार गृह मन्त्रालकाे मन्त्री स्तरिय निर्णय अनुसार डिआइजी कडायत सहित १० जना डिआइजीको सरूवा भएकाे छ ।
गृहकाे निर्णय अनुसार गण्डकी प्रदेश प्रहरी प्रमुखमा कार्यरत डीआइजी दुर्गा सिंह नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग,कोशी प्रदेश प्रहरी प्रमुखमा कार्यरत डीआईजी चन्द्रकुवेर खापुङ केन्द्रीय अनुसन्धान ब्युरो लाजिमपाट, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय काठमाडौँमा कार्यरत डिआईजी जनक भट्टराई कर्णाली प्रदेश प्रहरी प्रमुखमा सरूवा हुनुभएको छ ।
यस्तै सुदुरपश्चिम प्रदेश प्रमुखमा कार्यरत डिआइजी रबिन्द्र केसीकाे नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, साइबर ब्युरो भोटाइटीमा कार्यरत डिआइजी लालमणि आचार्य मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा सरुवा हुनुभएको छ।
कर्णाली प्रदेश प्रहरी प्रमुखमा कार्यरत डीआइजी अर्जुनचन्द ठकुरीको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तरगत अपराध अनुसन्धान निर्देशनालय नक्सालमा सरुवा भएको छ।
नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत डिआइजी डाक्टर मनोज कुमार केसीकाे राष्ट्रिय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र डिआइजी राजन अधिकारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट कोशी प्रदेश प्रमुखको रूपमा सरुवा हुनुभएको छ।

