२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुर- १२ मा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु



तलसीपुर, ५ पुस ।
तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर १२ मा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ । तुलसिपुर-१२ को आयोजनामा संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका नगर उपप्रमुख स्यानी चौधरीले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर उपप्रमुख चौधरीले स्वास्थ्यको मुख्य मेरुदण्ड खेलकुद रहेकोले ग्रामीण स्तरसम्म पहुँच पुर्‍याउन आफू लागि परेको बताउनुभयो । उहाँले खेलकुद क्षेत्रलाई ग्रामीण स्तरबाटै माथी उठाउन लागि पालिका लागि परेको बताउनुभयो ।

वडा अध्यक्ष खुसिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष डिल्ली बहादुर डागी, दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेत, जसपुर प्रहरी चौकिका ईन्चार्ज भरतनाथ योगि, समाजसेवी तेज बहादुर वलि, खेलप्रेमी युवराज केसि लगाएतले शुभकामना मन्तब्य ब्यक्त राख्नु भएको हो ।

वडा सदस्य तथा प्रतियोगिताका संयोजक शेषमणी भन्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव गणेश कुमार आचार्यले गर्नु भएको हो ।

यसैबिच आज शुक्रबार सम्पन्न खेलमा कपडादेवी र कचिली फुटबल टिम विजयी भएका छन् । कपडादेवी कचिला ए लाई १-० गोलले पराजित गर्दै विजयी भएको हो भने कचिली बिले कचिला बिलाई ४-० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

भोलि बिहान हुने पहिलो खेलमा टरिगाउ ए र हारिपौरा बि टिम बिच खेल हुनेछ । खेल बिहान ९ बजे बाट सुरु हुनेछ । चार दिन सम्म संचालन हुने प्रतियोगिताको विजेता,उपविजेता तथा तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५५,३० र १५ हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत विधा तर्फका खेलाडिलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक शेषमणी भन्डारीले जानकारी दिनुभएको छ ।

नकाउट प्रणालीमा खेलाईएको प्रतियोगितामा वडा नंम्बर १२ मा स्थापित टोल विकास संस्थाका ११ टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार