२०८१ फाल्गुन ६ गते मङ्गलवार

हुस्सु तथा कुहिरोले दाङसहित तराइकोे जनजीवन प्रभावित



दाङ, १८ पुस ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले दाङ उपत्यका सहित तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । हुस्सु तथा कुहिरोका कारण चिसो बढेको छ ।

चिसोले दैनिक ज्यालादारी काम गर्ने श्रमीकलाई असर पारेको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।

बिहानको समयमा तराई तथा दाङ उपत्यका सहित धेरै स्थानहरूमा हुस्सु लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागका महाशाखाले अनुरोध गरेको छ ।

साथै देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । आज दिउसो र राती बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्यत्र मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार