
दाङ, २१ पुस ।
तुलसीपुरमा दुई लाखबढी नगदसहित नौ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ (ङ) लाइनमा रहेको गौरव वलीको घरमा अवैध जुवा तास खेलिरहेको अवस्थामा ९ जना जुवाडेलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा तुलसीपुर -५ का घरधनी ४४ वर्षका गोर्ख बहादुर वली (गाैरव),साेहि ठाँउका ६५ वर्षका मिनराज ओली,४२ वर्षका लिला बहादुर वली,५५ वर्षका लालबहादुर गुरुङ, ३२ वर्षका नवीन ओली, वर्ष ४४ का पूर्णबहादुर डाँगी, ४० वर्षका ओमकार ओली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनाेदराज खत्रीले बताउनुभयो।
यस्तै जुवाकाे खालबाट चितवनकाे भरतपुर उपमहानगरपालिका-२१ का वर्ष ४३ का पुष्पराज घिमिरे र रुकुम पश्चिमकाे सानाेभेरी गाउँपालिका-८ का ४१ वर्षका नवराज वली रहेकाे प्रहरी निरीक्षक खत्रीले बताउनुभयो।
प्रहरी निरीक्षक विनोद राज खत्रीका अनुसार विशेष सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा वलीको घरभित्र जुवा खालबाट नगद २ लाख ५२ हजार ६५, १०२ पत्ता तास र नखोलेको नयाँ तास १ गड्डीसहित ९ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका सबै व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।